मुख्य समाचार

संसद्‌मा रवि र राजेन्द्रको एकै स्वर : तीन नेताको मुडले सदन चल्दैन, संसद्‌मा अरु दल पनि छन्

संसद्‌मा रवि र राजेन्द्रको एकै स्वर : तीन नेताको मुडले सदन चल्दैन, संसद्‌मा अरु दल पनि छन्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तीन नेताको निर्णयक आधारमा संसद् चलाउने कुरा अस्वीकार्य भएको बताएका छन्।

सोमबार संसद्‌मा प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै लामिछानेले तीन दलका तीन नेताको एजेण्डामा संसद् चलाउने कुरा मान्य नहुने बताएका हुन्।

उनले भने, ‘तीन नेताको मुडले सदन चल्दैन। यो संसद्‌मा अरु दल पनि छन्। जनताको एजेण्डामा सदन रोकिए रोकियोस् तर नेताको एजेण्डामा रोकिनु भएन।’

उनले अरु दल (एमाले)को भनाइ नै रास्वपाको हो जसरी गरिएको व्यवाहार आपत्तिजनक रहेको उल्लेख गरे। लामिछानेले भने, ‘एमालेको कुरा नै रास्वपाको हो भन्ने मान्यता स्थापित गर्न खोजियो। यो होइन। हाम्रो आफ्नै मूल्य मान्यता र अस्तित्व छ।’

उनले प्रधानमन्त्रीले बोलेको कुरामा संसदलाई प्रष्ट पार्नुपर्ने बताए। लामिछानेले भने, ‘उहाँले आफ्ना कुरा प्रष्ट हुन अनुरोध गर्दछु। राजनीतिक विषयमा फरक होला, तर राष्ट्रियतासँग जोडिएका विषयामा यसरी प्रष्टीकरण गर्न नपरोस्।’

त्यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि तीन नेता बस्दैमा समस्याको समाधान नहुने बताए। उनले भने, ‘हामीलाई तीन नेताको निर्णय मान्य छैन। यो मान्यता हामीलाई स्वीकार्य छैन।’

उनले नैतिकता बाँकी भए प्रधानमन्त्री दाहाललाई राजीनामा दिन चुनौती दिए।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *