समाज

महाकालीमा पानीको बहाव बढेपछि बनबासा पुलमा चार पाङ्ग्रे सवारी सञ्चालनमा रोक

महाकालीमा पानीको बहाव बढेपछि बनबासा पुलमा चार पाङ्ग्रे सवारी सञ्चालनमा रोक

काठमाडौं । महाकाली नदीमा पानीको बहाव बढेपछि बनबासा पुलमा चार पाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाइएको छ । 

सुदूरपश्चिममा बुधबार रातिदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको प्रवाह बढेको हो । पानीको प्रवाह बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज बिहान ११ बजेसम्म्ममा पानीको प्रवाह एक लाख २६ हजार ७१२ क्यूसेक मापन भएको छ । वर्षा भइरहेकाले पानीको प्रवाह अझै बढ्न सक्ने बताइएको छ । 

नेपाल भारत सीमामा रहेको बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधन आवतजावतमा रोक लगाइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *