मुख्य समाचार

कतारस्थित अमेरिकी सैन्य बेसमाथि इरानद्वारा आक्रमण

कतारस्थित अमेरिकी सैन्य बेसमाथि इरानद्वारा आक्रमण

एजेन्सी । इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि हमला गरेको छ। 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इरानले अमेरिकी नियन्त्रणमा रहेको अल उदीद एयर बेसमा मिसाइल प्रहार गरेको हो।

इरान(इजरायल द्वन्द्वसँगै विश्वका शक्ति राष्ट्रहरूबीच ध्रुवीकरण भएको हो । इजरायलको पक्षमा उभिँदै अमेरिकाले पनि इरानका महत्वपूर्ण आणविक केन्द्रहरूलाई निसाना बनाउँदै हमला शुरु गरेपछि इरानले अमेरिकी नियन्त्रणमा रहेको अल उदीद एयर बेसमा मिसाइल प्रहार गरेको हो । 

अल उदीद एयर बेस मध्यपूर्वमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा हो, जसले क्षेत्रीय सुरक्षा तथा अमेरिकी सेनाको रणनीतिक तैनाथीका लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

कतारले आफ्नो आकाशमा उडान रद्द गरेको छ भने अमेरिका र बेलायतले कतारमा रहेका आफ्ना नागरिकलाई बाहिर ननिस्कन आग्रह गरेको समाचारमा उल्लेख छ । 

इरानले कतारको दोहामा रहेको अमेरिकी सैन्य अखडा लक्षित गरेको हमलाबाट भएको क्षतिको बिवरण आएको छैन । यद्दपी इरानी मिसाइल र ड्रोन आक्रमणले कतारी जनता र कतारमा रहेका विदेशी नागरिकहरुमा त्रास फैलिएकोछ ।

कतारमा १० लाखको हाराहारीमा अमेरिकी सेना तैनाथ रहेको र मध्य पूर्वी एसियामा रहेको अमेरिकी सैन्य अखडा मध्य कतारको अलउद् इदको एउटा सैन्य अखडा रहेको बुझिएको छ । जहाँबाट सिरिया, अफगानिस्तान र इराकमा सैन्य पुर्बधारहरु व्यवस्था गर्ने गरिएको छ । 

खाडी मुलुकहरु मध्ये संयुक्त अरब इमिरेट्स , कुवेत, बहराइन, इजिप्ट, टर्की, इराक, सउदी अरब समेतमा अमेरिकी सैन्य अखडा रहेकाले खाडी मुलुकहरु सतर्क भएका छन् । दुइ लाख ५० हजार कतारी, करिब ४ लाख नेपाली , ७ लाख भारतीय , र ४ लाख बंगलादेशी नागरिकहरु गरी लाखौ विदेशी नागरिकहरु रहेको कतारमा इरानले आक्रमण गर्नुुले विश्वजगतको ध्यान केन्द्रित भएको छ । 

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *