समाज

राजविराज मुल भन्सार कार्यालयमा लामो समयदेखि कर्मचारीको अभाव

राजविराज मुल भन्सार कार्यालयमा लामो समयदेखि कर्मचारीको अभाव

सप्तरी । वार्षिक करोडौँ राजस्व सङ्कलन हुने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित राजविराज मुल भन्सार कार्यालयमा लामो समयदेखि कर्मचारीको अभाव छ । 

कर्मचारी अभावका कारण कार्यालयले आफ्नो वार्षिक लक्ष्य अनुरुप राजस्व संकलन गर्न सकेको छैन । विक्रम संवत २९१३ सालमा स्थापित सप्तरीकै सबैभन्दा ठूलो राजविराज भन्सार कार्यालयमा कर्मचारीको अभाव हुँदा राज्यले लाखौँ रुपैयाँ राजस्व गुमाइरहेको छ । 

राजविराजका अतिरिक्त सप्तरीमा अन्य ७ वटा छोटी भन्सार कार्यालय रहेका छन् । यद्यपी कर्मचारी अभावका कारण सातमध्ये छ वटा छोटी भन्सार कार्यालय वर्षौँदेखि ठप्प छ । 

जिल्लाको मुख्य भन्सार कार्यालय कर्मचारी अभावकै कारण राति ८ बजेपछि पूर्ण रुपमा बन्द हुने गरेको छ । जसका कारण सर्वसाधारणदेखि मालसामान ढुवानी गर्ने सवारी साधनलाई समस्या हुने गरेको छ । 

भन्सार कार्यालयमा बर्षौदेखि थन्किएको सवारी साधन लिलाम नहुँदा खिया लागेर ध्वस्त हुने अवस्थामा पुगेका छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *