मुख्य समाचार

६० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

६० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । राष्ट्र बैंकले बुधबार (आज) ६० अर्ब निक्षेप खिच्दैछ । निक्षेप सङ्कलन उपकरण बोलकबोल मार्फत राष्ट्र बैंकले ६० अर्ब निक्षेप खिच्न लागेको हो । 

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ शुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । अहिले कुल निक्षेप ७० खर्ब ५८ अर्ब माथि पुगेको छ । 

निक्षेप बढेको बढ्यै गर्दा अनलाइन खरिद प्रणाली मार्फत बोलकबोल गर्न लागिको हो । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ भने आज बोलकबोल हुने निक्षेप सङ्कलन उपकरणको सावाँ तथा ब्याज २०८२ भदौ १८ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । 

बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । 

सामान्यता २१ दिनका लागि राष्ट्र बैंकलले बोलपत्र आह्वान गर्ने गरेपनि पछिल्लो समय भने लामोसमयका लागि राष्ट्र बैंकले बजारबाट पैसा खिच्न थालेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *