समाज

चिकित्सकहरु विदेशिने क्रम बढ्नु चिन्ताको विषयः राष्ट्रपति पौडेल

चिकित्सकहरु विदेशिने क्रम बढ्नु चिन्ताको विषयः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चिकित्सकहरु विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको बताएका छन् । 
मंगलवार काठमाडौंमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् । राष्ट्रपति पौडेलले नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको छ भन्ने आफैँले अनुभव गरेको बताए ।  स्वास्थ्य सेवामा सुधार हुँदा हुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको पनि पौडेलले बताए । त्यसको परिणाम चिकित्सकहरु विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको पौडेलको भनाई छ  ।

यसलाई रोक्न संवद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्ने राष्ट्रपतिको  सुझाव छ । संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता आधारभुत आवश्यकताको प्रत्याभुतिको व्यवस्था सुनिश्चित गरेको र संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई छ ।

राष्ट्रपति पौडेलले हाल देशको स्वास्थ्य र शिक्षामा गुणात्मक सुधार भएको, साथै दक्ष र विज्ञ चिकित्सकहरु नेपालमै उत्पादन हुनु खुशीको विषय भएको उल्लेख गरे ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *