समाज

प्रचण्डलाई योगेशको प्रश्नः ‘प्रधानसेनापति हटाउनेले सहसचिव हटाउँदा किन मुटुमै गोली लागेको जस्तो गरेको ?’

प्रचण्डलाई योगेशको प्रश्नः ‘प्रधानसेनापति हटाउनेले सहसचिव हटाउँदा किन मुटुमै गोली लागेको जस्तो गरेको ?’

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सरकारले सहसचिव तहका एक कर्मचारी हटाएको विषयलाई लिएर अनावश्यक हल्ला र राजनीतिक आरोप लगाइएको टिप्पणी गरेका छन् । 

प्रतिनिधि सभाको मंगलवारको बैठकमा आगामी आर्थिक बर्ष २०८२–२०८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले यस्तो बताएका हुन् । सरकारको मातहत रहने कर्मचारी व्यवस्थापन सरकारको स्वाभाविक अधिकारभित्र पर्ने भट्टराईको भनाइ छ ।

सांसद भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले प्रधानसेनापति र मुख्यसचिव हटाएको स्मरण समेत गराए । भट्टराईले यसअघिको प्रचण्ड नेतृत्वको सरकारले मुख्यसचिव हटाएको र हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार पद खडा गरेको आरोप समेत लगाए । उनले प्रधानसेनापति हटाउने र मुख्यसचिव हटाउनेलाई अहिले सहसचिव हटाउँदा मुटुमै गोली लागेको जस्तो किन भइरहेको छ ? भन्दै प्रश्न गरे । 

 सरकार र कर्मचारीबीच ‘ट्युनिङ’ नमिल्दा गरिएको व्यवस्थापनलाई अस्वाभाविक रुपमा नहेर्न आग्रह भट्टराईले आग्रह गरे ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *