Siddarth bankविज्ञापन
मुख्य समाचार

कांग्रेस केन्द्रीय सदस्यले उठाए खाणलाई कारबाही नगरेकोमा प्रश्न

कांग्रेस केन्द्रीय सदस्यले उठाए खाणलाई कारबाही नगरेकोमा प्रश्न

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ । मंगलबारदेखि जारी बैठकमा हिजोदेखि केन्द्रीय सदस्यहरुले धारणा राख्न थालेका हुन । आजको बैठकमा नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाणबारे प्रश्न उठेको छ । केन्द्रीय सदस्य अजयबाबू शिवाकोटीले खाणबारे अचम्मको दुविधा रहेको बताएका हुन । उनले खाणप्रति अन्याय भएको हो भने वर्तमान सरकारबाट कांग्रेस हट्नुपर्ने धारणा राखे । होइन भने आफ्नै नेताहरू संलग्न भएको सरकारले थुनामा पठाउँदा आरोपितलाई पार्टीबाट निलम्बन गर्नुपर्छ कि पर्दैन ?भनेर उनले प्रश्न गरे । बैठकमा कोशी प्रदेश सरकारलाई लिएर आरोप प्रत्यारोप भएको छ । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले नेपाली कांग्रेस नेतृत्वकै कोशी प्रदेश सरकारको आलोचना गरेपछि मुख्यमन्त्री उद्धव थापा उनीविरुद्ध खनिएका हुन । बुढाथोकीले बुधबारको बैठकमा बोल्ने क्रममा कोशीमा कांग्रेस नेतृत्वको सरकारको हैसियतमाथि कानुनी प्रश्नसमेत उठाएका थिए । थापाले बाबुराम गौतम प्रदेश सभाको सभामुख मात्रै नभइ प्रदेश सभा सदस्यसमेत रहेको जिकिर गरे । गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले महामन्त्री गगन थापाले दिएका अभिव्यक्तिले पार्टीप्रति नकारात्मक भ्रम फैलिएको भन्दै जथाभावी नबोल्न सचेत गराए । महामन्त्री थापाले संसदीय दलको नेता फेर्न प्रयास गरिरहेको भन्दै दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै बोल्नेभन्दा व्यवहारमा गरेर देखाउन उनले चुनौती दिएका हुन । उनले पार्टीका अघिल्तिर देखिएका चुनौतीहरूलाई सबैले एकतावद्ध भएर पार लगाउनुको विकल्प नभएको दाबी गरे । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला नेपाल केसीले नेतृत्व परिवर्तनको कुरा बेमौसमको बाजा भएको बताइन । पार्टी सभापति र देउवालाई काम गर्न दिनुपर्ने उनको भनाइ छ । केन्द्रीय सदस्य प्रकाश रसाइलीले भ्रष्टाचारको कुरा सुन्ने बित्तिकै पार्टीले मुख थुन्ने गरेको टिप्पणी गरे ।  पार्टीको जारी केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै उनले भ्रष्टाचार विरोधी साताव्यापी अभियान चलाउनुपर्ने उल्लेख गरे ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *