काठमाडौं । सरकारले विहिबारदेखि सुरु हुने राजावादीको प्रर्दशनलाई चक्रपथ बाहिरै राख्ने गरी सुरक्षा व्यवस्थाको तयारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चारैवटा सुरक्षा निकायका प्रमुखसँग सुरक्षा व्रिफिङ लिने क्रममा राजावादीको आन्दोलनलाई चक्रपथ बाहिरै सीमित गर्नेबारेमा छलफल भएको थियो ।
राजावादीहरुले राजतन्त्र र हिन्दूराज्य लगायतका मागहरू राखेर भोलि जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् ।नेकपा एमाले लगायतका दलले पनि सोही दिन गणतन्त्र उत्सव मनाउँदैछ ।
राजावादीहरुले राजतन्त्र र हिन्दुराज्य पुनःस्थापना नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । एमालेले पनि भोलिनै गणतन्त्र दिवसको अवसरमा कार्यक्रम आयोजना गर्दैछ ।