मुख्य समाचार

नयाँ राजनीतिक परिस्थितिबारे जेन–जी समूहहरुको धारणा सार्वजनिक

नयाँ राजनीतिक परिस्थितिबारे जेन–जी समूहहरुको धारणा सार्वजनिक

काठमाडौ । जेन–जी आन्दोलनमा संलग्न विभिन्न समूहहरुले विज्ञप्ति निकालेर नयाँ राजनीतिक परिस्थितिबारे जेन–जी समूहहरुको धारणा सार्वजनिक गरेका छन् । उनीहरूले विज्ञप्ति निकालेर संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र पूर्ण समानूपातिक समावेशीता र अर्थपूर्ण सहभागीताको अवधारणालाई आफूहरूले स्वीकार गरेको बताएका छन् । आफूहरूले अहिलेको व्यवस्था भन्दापनि त्यसको नेतृत्वकर्तामा प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख छ । कतिपय नेताहरूले देश लुटेर भ्रष्टाचार गरी सम्पत्ति थुपारेको भन्दै उनीहरूले दलका तेस्रो पुस्तालाई नेतृत्वमाथि खबरदारी गर्न र लुटेको धन फिर्ताको पहल गर्न समेत आह्वान गरेका छन् । त्यस्तै उनीहरुले आन्दोलनपछि उत्पन्न परिस्थिति, तत्कालीन सरकारको अदूरदर्शिता र केही घुसपैठ तत्वका कारण भएका धनजनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले घटनाको कारण तत्कालिन सरकारका नाइकेहरू भएको भन्दै तत्कालिन प्रधानमन्त्री केपी ओली, तत्कालिन गृहमन्त्री रमेश लेखक र संलग्न प्रमुख जिल्ला अधिकारीहरुलाई तत्काल पक्राउ गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । विज्ञप्तीमा आन्दोलनको सफलतापछि त्यसको संरक्षण र थप विस्तार गर्ने जिम्मेवारी केवल जेन–जीको मात्र नभई सम्पूर्ण पुस्तामा आएको उल्लेख गरिएको छ । त्यसका लागि देशभरका युवाहरूलाई एकीकृत गर्ने, जनताको समस्यालाई सरोकारवाला स्थानसम्म पु¥याउने र आवश्यक दबाब सिर्जना गर्ने कार्यमा आफूहरू सक्रिय रहेको जनाइएको छ । समूहले सामाजिक सञ्जालमा असोज २३ गते जेन–जी आन्दोलनको अर्को कार्यक्रम हुने हल्ला फैलिएको भन्दै त्यसमा कुनै सत्यता नरहेको पनि जनाएको छ । भ्रष्टाचार र कुशासन विरूद्धको संघर्ष निरन्तर जारी रहने पनि विज्ञप्तिमा उल्लेख छ ।।

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *