समाज

ताप्लेजुङमा निषेधाज्ञा र कर्फ्यु हटाइएसँगै जनजीवन सामान्य

ताप्लेजुङमा निषेधाज्ञा र कर्फ्यु हटाइएसँगै जनजीवन सामान्य

ताप्लेजुङ । ताप्लेजुङमा पछिल्लो चार दिन पछि निषेधाज्ञा र कर्फ्यु हटाइएसँगै जनजीवन सामान्य बनेको छ । 

जेनजी आन्दोलनका कारण बुधबारयता लगाइएको निषेधाज्ञा र कर्फ्यु शनिबारदेखि हटाइएपछि जनजीवन सामान्य बन्दै गएको हो ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार जेनजी आन्दोलनका नाम हुने प्रदर्शन, हुलदङ्गा र अराजक गतिविधिले जिल्लाको शान्ति सुरक्षामा खलल् आउनसक्ने भन्दै बुधबार देखि निरन्तर निषेधाज्ञा र कर्फ्यु जारी गरिएको थियो । 

निषेधाज्ञा र कर्फ्युका कारण जिल्लाको जनजीवन असमान्य जस्तै बनेको थियो । आन्दोलनको अवस्था सामान्य बन्दै गएसँगै शुक्रबार राति पूर्व प्रधानन्यायाधीस सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनु भएपछि शनिबारदेखि निषेधाज्ञा र कर्फ्यु हटाइएको हो । 

प्रदर्शनसँगै जेनजी समूहकै नाममा फुङ्लिङ नगरपालिकाको प्रशासकीय भवन क्षतिग्रस्त हुने तोडफोड र आगजनी गरिएको छ । त्यस्तै, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत राजनीतिक दलका जिल्ला पार्टी कार्यालयहरूसमेत तोडफोड गरी क्षति पुर्‍याइएको छ । 

पाथीभरा क्षेत्रमा निर्माण गरिएको स्वास्थ्य सहायता भवन र टि हाउस पनि आगजनी गरी नष्ट गरिएको छ । माथिल्लो तमोर जलविद्युत् आयोजनाको दुई वटा टिप्पर र निर्माण लगायतका सामान भण्डारण गरी रारिएको स्टोर भवनमा पनि जेनजी समूहकै नामबाट आगजनी गरी क्षति पुर्‍याइएको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *