समाज

धर्मराज अर्यालको “नारी उत्थानका उपायहरु”  नामक पुस्तक सार्वजनिक

धर्मराज अर्यालको “नारी उत्थानका उपायहरु”  नामक पुस्तक सार्वजनिक

काठमाडौं । धर्मराज अर्याल “श्रमिक” द्वारा लिखित  नारी उत्थानका उपायहरु नामक निबन्धात्मक पुस्तक सार्वजनिक गरिएको छ । 

सोमबार काठमाडौमा आयोजित एक कार्यक्रममकाबीच सो पुस्तक सार्वजनिक गरिएको हो । नेपाली साहित्यको बिविध बिधामा कलम चलाउँदै आएका अर्यालको नारी उत्थानका उपायहरु पछिल्लो कृति हो । सो पुस्तकमा पुरुषको तुलनामा नारीको स्थान विशिष्ट रहेको भन्दै नारीको योगदान लगायत बिभिन्न पक्षमाथि टिप्पणी गरिएको छ ।

लेखक अर्यालले पुस्तकमा नेपाली समाजमा नारीको स्थान,नारीलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहारप्रति सुक्ष्म तरीकाले प्रस्तुत गरेका छन् ।

अर्यालका यस अघि आमा काब्य,जैमिनि भारत (बालुन),बाल रश्मी (गीतामाला),दामोदर कुण्ड (तीर्थ महात्म्य) र तीनधाम तीर्थयात्रा (लघुकाब्य) प्रकाशित भैसकेका छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *