एजेन्सी । पोर्चुगलमा प्रस्तावित श्रम कानूनको विरोधमा आन्दोलन शुरु भएको छ । राजधानी लिस्बनमा हजारौंको संख्यामा कामदारले सडकमा निस्केर प्रदर्शन गरेका हुन । प्रदर्शनकारीले ज्याला पनि बढाउनपर्ने माग राखेका छन । लिस्बनको प्रदर्शनमा एक लाख मानिस सहभागी भएको बताइएको छ । पोर्चुगल सरकारले कामदारलाई भन्दा काम दिलाउनेलाई सहज हुनेगरी संसदमा विधेयक पेश गरेको भन्दै श्रमिकले असन्तुष्टि जनाएका हुन । उनीहरुले प्रस्ताविक कामदारहरूको अधिकारलाई खतरामा पार्ने जनाएका छन । अति दक्षिणपन्थी पार्टी चेगाको समर्थनमा यो विधेयक संसदबाट पारित हुने सम्भावना रहेको छ । पोर्चुगलमा ५० प्रतिशतभन्दा कम कामदारले १ हजार युरो प्रतिमहिना कमाउने गरेका छन । न्युनतम तलब ८ सय ७० युरो रहेको छ ।
