समाज

मधेश र सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयमा प्रदर्शनकारी प्रवेश

मधेश र सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयमा प्रदर्शनकारी प्रवेश

काठमाडौं । मधेश र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन् । 

जेनजी प्रदर्शनमा सोमबार सरकारले गरेको नृशंश दमनविरुद्ध मङ्गलबार देशभर भइरहेको आन्दोलन क्रममा मधेश र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय निशानामा परेको हो ।

यी दुई प्रदेशका मुख्यमन्त्री कार्यालयमा प्रदर्शनकारी प्रवेश गरेका हुन्‌ । जनकपुरधामस्थित मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय र धनगढीस्थित सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयमा ढुङ्गामुढा गर्दै प्रदर्शनकारी प्रवेश गरेका हुन्‌ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *