समाज

सशस्त्र प्रहरीमा ७७ जना अधिकृतको बढुवा सिफारिस (सूचीसहित)

सशस्त्र प्रहरीमा ७७ जना अधिकृतको बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका ७७ जना विभिन्न दर्जाका अधिकृतहरूको बढुवा सिफारिस भएको छ । 

बढुवा समितिको सोमबारको निर्णयले रिक्त रहेका विभिन्न दर्जामा सिफारिस गरेको हो । बढुवा समितिका अनुसार सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) मा ६, उपरीक्षक (एसपी) मा  २२, प्राविधिक एसपीमा एक र नायव उपरीक्षक डीएसपीमा ४८ जनालाई बढुवा सिफारिस गरिएको छ ।

ज्येष्ठता तथा व्यावसायिक क्षमता तथा कार्यसम्पादन मूल्याङ्कन  लगायतलाई प्राथमिकतामा राखी खाली रहेको रिक्त पदमा बढुवा गरिएको बताइएको छ ।  

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *