समाज

जनकपुर अस्पतालमा उपचारको क्रममा सुत्केरीको मृत्य

जनकपुर अस्पतालमा उपचारको क्रममा सुत्केरीको मृत्य

जनकपुर । जनकपुर अस्पतालमा उपचारको क्रममा एक जना सुत्केरीको मृत्यु भएको छ ।

सिरहा कल्याणपुर नगरपालिका–११ बस्ने दिपेन्द्र मण्डल की श्रीमति अर्चनाकुमारी मण्डलका बुधबार राति उपचारको क्रममा मृत्यु भएको हो । 

शल्यक्रिया गरेर छोरीलाई जन्म दिएकी मण्डलको सघन उपचार कक्षमा उपचारको क्रममा राती दुई बजेतिर मृत्यु भएको हो । मृत्युपछि आफन्तले अस्पताल परिसरमा केही समय होहल्ला समेत गरेका थिए ।

मृतकका आफन्तले चिकित्सकले उपचारको क्रममा लापरपाही गरेका कारण सुत्केरीको मृत्यु भएको भन्दै छानविन र दोषिलाई कारबाहीको माग समेत गरेका छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *