काठमाडौं । काठमाडौंको नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी छ ।
राजावादीहरुको प्रदर्शनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले नारायणहिटी दरबार संग्रहालय क्षेत्र वरपरि निषेधाज्ञा जारी गरेको हो ।
शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी आदेशमा निषेधित क्षेत्रमा पाँच जनाभन्दा बढि व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न नपाइने उल्लेख छ ।
निषेधाज्ञा आगामी असार २४ गतेसम्म लागू हुनेछ । निषेधाज्ञा केशरमहल चोकदेखि नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म तथा महेन्द्र सालिक हुँदै नारायणहिटी दरवार संग्रहालय दक्षिण गेटसम्म लगाइएको हो ।
बिहीबारदेखि राजावादी प्रदर्शन शुरु भएसँगै सुरक्षा चुनौती बढेको भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको जनाएको छ ।