समाज

कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको  छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा  मेघगर्जन र चट्याङ सहित हल्का वर्षा भईरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *