समाज

प्रधानमन्त्री सुशीला कार्कीलाई अमेरिकाको बधाई

प्रधानमन्त्री सुशीला कार्कीलाई अमेरिकाको बधाई

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै शान्तिपूर्ण समाधानको स्वागत गरेको छ ।

जेन–जी आन्दोलनपछि बनेको राजनीतिक सहमतिको प्रशंसा गर्दै दूतावासले राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको भूमिकालाई सराहना गरेको छ । विज्ञप्तिमा लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति र युवा नेताहरूको प्रशंसा गर्दै दुखद समयमा हामी नेपालसँग शोकमा साथ रहेको उल्लेख छ । 

दूतावासले नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देलको योगदानलाई पनि उल्लेख गर्दै शान्तिपूर्ण संक्रमण र नागरिक सरकार पुनस्र्थापनामा उनले खेलेको भूमिकाको सम्मान गरेको छ । 

अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा आफू नेपालसँग सहकार्य गर्न तत्पर रहेको अमेरिकाले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *