काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको हो ।
प्रधानमन्त्री ओलीले आजको बैठकमा आफ्नो विदेश भ्रमण र समसामयिक राजनीतिको बारेमा धारणा राख्ने बताइएको छ ।
प्रधानमन्त्री ओली केही दिनअघि तुर्केमेनिस्तान भ्रमण सकेर फर्केका हुन् ।