काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीको निजी निवासमा आगजनी भएको छ ।
प्रदर्शनकारीले भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष समेत रहेका ओली निवासमा मंगलबार आगजनी गरेका हुन्।
प्रदर्शनकारीहरुले नेताका घर, सरकारी कार्यालय, प्रहरी चौकी, पार्टी कार्यालयमा निशाना बनाउँदै आएका छन् ।