समाज

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं । तुर्केमेनिस्तानको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री के.पी. शर्मा ओली स्वेदश फर्किएका छन् । 

तुर्केमेनिस्तानको आवाजमा आयोजना भएको तेस्रो ‘यूयन कन्फ्रेन्स ल्यान्ड लोकेड डेभलमेन्ट्न्स् कन्ट्रीस’ (एलएलडी सी–३) मा सहभागी हुन तुर्केमेनिस्तान पुगेका ओली शुक्रबार राति स्वदेश फर्केका हुन् ।

 साउन २० देखि २३ गतेसम्म आयोजना भएको सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव महामहिम एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली नेपाल सरकारको नेतृत्व गर्दै गत आइतबार राति त्यस तर्फ प्रस्थान गरेका थिए।

सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गरेका थिए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *