समाज

प्रधानमन्त्री ओलीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री ओलीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । सरकारको कामलाई थप प्रभावकारी, नतिजामुखी बनाउने उद्देश्यका साथ प्रधानमन्त्री के.पी. शर्मा ओलीले मन्त्रिहरुलाई कार्यसम्पादन सम्झौता गराएका छन् । 

चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्री र मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले कार्यसम्पादन सम्झौता गराएका हुन् । 

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै अगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान गरिएको हो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ गरिएको थियो । 

गत वर्ष भदौ २७ गते यस प्रकारको कार्यसम्पादन सम्झौता भएको थियो भने गत बर्षका आधारमा यस वर्ष झण्डै एक महिना अगाडि सम्झौता हुन लागेकाले वर्षभरी गरिने काम तथा सम्पादनलाई छिटो र प्रभावकारी बनाउन सम्झौता मुख्य आधार बन्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीसँग मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरुले पनि सम्बन्धित सचिवहरुसँग कार्यसम्पादन सम्झौता गर्नुपर्नेछ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *