समाज

प्रधानमन्त्री ओली आज थियानजिनबाट बेइजिङ जाँदै

प्रधानमन्त्री ओली आज थियानजिनबाट बेइजिङ जाँदै

काठमाडौं । चीनको थियानजिन शहरमा आयोजित साङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री के.पी. शर्मा ओली आज बेइजिङ जाँदै छन् ।

चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट गर्नेछन । उपराष्ट्रपति चङ्गले दिने रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ ।

भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा प्रतिनिधिमण्डल सहभागी हुनेछ । 

सोही दिन प्रतिनिधिमण्डल नेपाल फर्कनेछ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *