समाज

प्रधानमन्त्री ओलीको अभिव्यक्तिको बचाऊमा गृहमन्त्री

प्रधानमन्त्री ओलीको अभिव्यक्तिको बचाऊमा गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको विवादास्पद अभिव्यक्तिको प्रतिरक्षा गरेका छन् । 

बुधवार सङ्घीय संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै लेखकले प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको प्रतिरक्षा गरेका हुन् ।  प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसको अवसरमा राजधानीमा सङ्गीतमय बनाऔँ भन्ने अर्थमा अभिव्यक्ति दिएको भन्दै गणतन्त्र दिवसलाई उत्साह र सङ्गीत महोत्सवको रूपमा मनाउने गरी प्रधानमन्त्रीले बताएको गृहमन्त्री लेखखको भनाई छ  ।

गृहमन्त्री लेखकले परम्परागत बाजा तथा साङ्गीतिक कलाहरूलाई सडकमा प्रदर्शन गरेर गणतन्त्र दिवसलाई साङ्गीतिक महोत्सवको रूपमा मनाऔँ भन्ने अर्थमा प्रधानमन्त्रीले अभिव्यक्ति दिएको दाबी गरे ।  प्रधानमन्त्रीले कुनै राजनीतिक तथा हिंसात्मक नियन्त्रण नभएर सङ्गीतमय नियन्त्रणको कुरा गरेको  जिकिर गरे । 

लेखकले राजावादीहरूले बिहीवार काठमाडौंमा गर्न लागेको आन्दोलनलाई लक्षित गर्दै संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धका कुनै पनि गतिविधिहरू सैह्य नहुने चेतावनी दिए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *