समाज

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ । 

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका हुन् ।

सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । 

भदौ २ गते सचिव मिस्रीले पशुपतिको दर्शन गरेर स्वदेश फर्किने कार्यक्रम रहेको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *