Siddarth bankविज्ञापन
समाज

प्रधानमन्त्री कार्कीले सोमबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने

प्रधानमन्त्री कार्कीले सोमबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सोमबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेकी छन् ।

प्रधानमन्त्री निकट स्रोतले मन्त्रिपरिषद्मा जानेहरूको नाममा सहमति नजिक पुगेको जनाउँदै आज या सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको जनाएको हो । 

जेन–जीका प्रतिनिधिले आफ्नो तर्फबाट मन्त्रीका लागि प्रस्तावित नामहरू पठाइसकेको जानकारी दिएका छन् । अब अन्तिम निर्णय प्रधानमन्त्रीले नै गर्ने स्रोतको भनाइ छ ।

सरकारलाई समावेशी तथा जेन–जीको प्रतिनिधिमूलक बनाउने प्रया सस्वरूप मन्त्रिपरिषद् विस्तारमा केही ढिला भए पनि सोमबारसम्ममा सरकारले पूर्णता पाउने प्रधानमन्त्रीको सचिवालयको दाबी छ । 

गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले सोमबार रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गरेकी थिइन् ।

कार्कीले विभिन्न पेशा, व्यवसायमा आबद्ध ब्यक्तिहरूसँग छलफल गरेको भए पनि जेन–जीका प्रतिनिधिसँग सहमति हुन नसक्दा मन्त्रिपरिषद् बिस्तारमा ढिलाइ हुँदै आएको हो । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *