Siddarth bankविज्ञापन
मुख्य समाचार

कम्युनिष्ट पार्टीहरुलाई नेकपातिरै फर्कन प्रधानमन्त्री दाहालको प्रस्ताव

कम्युनिष्ट पार्टीहरुलाई नेकपातिरै फर्कन प्रधानमन्त्री दाहालको प्रस्ताव

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेकपालाई एकतावद्ध गर्नुपर्ने बताएका छन । आज भक्तपुरमा आयोजित कार्यक्रममा उनले समाजवादी मोर्चा बनाएर बामपन्थीहरुलाई एकतावद्ध गर्ने पहल शुरु गरिसकेको बताएका हु्न । सबै कम्युनिष्टहरुले आफ्ना त्रुटीहरुलाई सच्याएर अघि बढ्नुपर्ने प्रधानमन्त्री दाहालले बताए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनताको जीवनमा आमुल परिवर्तन गर्नु नै अहिलेको मुख्य जिम्मेवारी भएको  बताए । 
अध्यक्ष नेपालले राजनीतिक क्रान्तिको काम सम्पन्न भइसकेकाले अब जनताको जीवनलाई सुखी, समृद्ध र जनतालाई समानता, अवसर, रोजगारीको हिसावले शिरा ठाडो बनाउने कामको जिम्मेवारी पूरा गर्नुपर्ने बताएका हुन । समाजवादको यात्रामा देशलाई कसरी अघि बढाउने भन्नेकुरामा गहन अध्ययन र खोजी गरी अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ । अध्यक्ष नेपालले सबैले इमान्दारिताकासाथ अघि बढेको खण्डमा अग्रज योद्धाहरुले परिकल्पना गरेको नेपालको सपना साकार बनाउन सकिनेपनि बताए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *