समाज

राष्ट्रपतिले संविधानको धारा उल्लंघन गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन

राष्ट्रपतिले संविधानको धारा उल्लंघन गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा उल्लंघन गर्दै कामकारबाही गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन पेश भएको छ । 

अधिवक्ता विमल पोखरेलले शुक्रबार पेश गरेको निवेदनमा संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्ति गर्नुपर्नेमा पौडेलले संवैधानिक प्रक्रिया विपरीत निर्णय गरेको दाबी गरिएको छ । 

सर्वोच्च अदालतले गत साउन २४ गतेबाट संवैधानिक र प्रशासनिक कामकाज समेत रोकिएको सूचना सार्वजनिक गरेपछि न्याय प्राप्तिको अधिकार गम्भीर संकटमा परेको भन्दै निवेदन पेस गरिएको हो । 

निवेदनमा राष्ट्रपति पौडेलले संविधान विपरीत कदम चालेको र यसले राजनीतिक अस्थिरता, जनआस्था कमजोर हुने, शान्ति–सुरक्षा प्रभावित हुने चेतावनी दिइएको छ ।

साथै संविधानको धारा १३३ अनुसार रिट दर्ता गरी सुनुवाइ गर्न माग गरिएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *