मुख्य समाचार

टिकटकको स्वामित्वमा चीनसँग सैद्धान्तिक सहमति भएको राष्ट्रपति ट्रम्पको घोषणा

टिकटकको स्वामित्वमा चीनसँग सैद्धान्तिक सहमति भएको राष्ट्रपति ट्रम्पको घोषणा

एजेन्सी । अमेरिकाले टिकटकको विवादलाई समाधान गर्न चीनसँग सम्झौताको ‘ढाँचा’ तयार गरिएको घोषणा गरेको छ । 

सम्झौताका लागि चिनियाँ स्वामित्वको एपलाई अमेरिकी नियन्त्रित स्वामित्वमा सार्न सैद्धान्तिक सहमति भएको हो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रसिद्ध सामाजिक सञ्जाल टिकटकको नाम नलिईकन एउटा निश्चित कम्पनीसँग सम्झौता भएको उल्लेख गरेका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्पले शुक्रबार चिनियाँ राष्ट्रपति सी चिनपिङसँग कुराकानी गर्ने बताएका छन् । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले म्याड्रिडमा चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँगको दोस्रो दिनको वार्तापछि सम्झौता भएको हो । विश्वमै करिब २ अर्ब प्रयोगकर्ता रहेको टिकटक चीनको इन्टरनेट कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको छ ।

गत जुनको मध्यतिर ट्रम्पले भिडियो सेयरिङ एपका लागि ९० दिनको म्याद थप गरेका थिए । त्यो म्याद बुधबार सकिन लागेको समयमा दुई देशबीच सहमति जुटेको सामाचारमा उल्लेख छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *