मुख्य समाचार

इरान र इजराय युद्धमा अमेरिकी सहभागिता अनिश्चित रहेको राष्ट्रपति ट्रम्पको भनाइ

इरान र इजराय युद्धमा अमेरिकी सहभागिता अनिश्चित रहेको राष्ट्रपति ट्रम्पको भनाइ

एजेन्सी । इरान र इजराय युद्धमा अमेरिकी सहभागिताका विषयमा राष्ट्रपति ट्रम्पले सबै कुरा अनिश्चित रहेको बताएका छन । 

ट्रम्पले हस्तक्षेपको निर्णयको अनुमोदन गराइ सकेपनि अन्तिम घोषणा नगरेको अमेरिकी सञ्चार माध्यमको दाबी छ । ट्रम्पले निर्णय पास गराइसकेको विषय शुुरुमा वाल स्ट्रिट जनरलले समेत सार्वजनिक गरेको छ । ट्रम्पले अमेरिकाले आक्रमण शुुरु गरे भने इरान बाध्य भएर वार्तामा आउने जिकिर भने दोहोर्‍यएका छन् । 

इरान र इजरायलले बुधबार राति पनि एक अर्कामाथि आक्रमण गरेका छन् । इरानसहित रुस, पाकिस्तान, अल्जेरिया र चीनले जारी युद्धका विषयमा कुरा गर्ने प्रस्ताव राखेका कारण अमेरिकाले शुक्रबार सुरक्षा परिषद्ले आपतकालीन बैठक बोलाएको छ । केही समय अघि मात्र ट्रम्पले सुरक्षा निकायका अधिकारीसँग छलफल समेत गरेका थिए । 

ट्रम्पले आफूले चाल्ने कदमबारे कसैलाई जानकारी नभएको तर, आक्रमण तीव्र भइरहँदा इरानलाई धेरै समस्या भएकोबारे भने आफूले आँकलन गर्न सक्ने बताए । इरानकै सहजताका लागि भए पनि आफूले वार्तामा जोड दिएको उनको भनाइ छ । तर, इरानले अमेरिका र इजरायल सामु कहिल्यै नझुक्ने र युद्ध विराम  असम्भव रहेको अडान लिइरहेको छ । 

यसअघि इरानका सर्वोच्च नेताले ट्रम्पलाई इजरायली आक्रमणमा अमेरिका सामेल भएमा अपूरणीय क्षति हुने चेतावनी दिएका थिए । यसैबीच, पछिल्लो तीन दिनमा कम्तीमा ३० अमेरिकी सैन्य विमानहरू अमेरिकाबाट युरोपमा सारिएका छन् । विमानहरू सबै अमेरिकी सैन्य ट्याङ्कर विमानहरू हुन् । जुन लडाकु जेट र बम वर्षकहरूलाई इन्धन भर्न प्रयोग गरिन्छ । 

इजरायलले गत शुक्रबार इरानको आणविक क्षेत्रमा आक्रमण गरेपछि इजरायल र इरानबीच शुरू भएको द्वन्दको समयमा अमेरिकी उडानहरु युरोप पुगेपछि यसबारे प्रश्न उठेको समाचारमा उल्लेख छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *