काठमाडौ । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्कमा रहेको जनाएको छ । आयोगले आज एक विज्ञप्ती प्रकाशित गर्दै मानवअधिकार, लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी शासनको अवधारणाको जगमा निकास निकाल्न उचित हुने धारणा राष्ट्रपतिसमक्ष राखेको जनाएको हो । राष्ट्रपतिबाट मानवअधिकार, लोकतन्त्र, शान्ति स्थापना र कानुनी शासनको रक्षार्थ आवश्यक कार्य हुने आयोगको विश्वास छ । वर्तमान परिस्थितिका विषयमा अरू सरोकारवाला पक्षसँग समेत आयोग निरन्तर सम्पर्कमा रहेको जनाइएको छ ।
