काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि निरन्तर परामर्शमा रहेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनका लागि राष्ट्रपति पौडेल शुक्रबार बिहानै देखि परामर्शमा जुटेका हुन् । सरकार गठनका लागि उनले प्रधान सेनापति अशोकराज सिग्देलसंग छलफल गरेका छन् । पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति भएपनि अन्तरिम सरकार र संसद विघटनका बिषयमा भने सहमति जुट्न बाँकी रहेको छ । वार्तामा जेनजीका प्रतिनिधिहरुले नयाँ सरकार गठन हुनु अघि संसद विघटन हुनुपर्ने अडान राखेका छन् । प्रधानमन्त्रीमा प्रस्तावित कार्कीले पनि संसद विघटन नभएसम्म शपथ नलिने अडान राखेको बताइएको छ । संवैधानिक तवरबाटै निकास खोज्नका लागि राजनीतिक दलहरुले पनि दबाब दिइरहेका छन् । सहमति जुट्न नसक्दा नयाँ सरकार गठनमा ढिलाइ भइरहेको छ ।।