Siddarth bankविज्ञापन
मुख्य समाचार

मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप्ने तयारी

मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप्ने तयारी

 

अनुचित लेनदेन अर्थात् मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको म्याद थप्ने तयारी भएको छ । यसअघि तोकिएको तीन महिनाको अवधिमा आयोगले काम नभ्याएपछि सरकारले फेरि अर्को तीन महिना म्याद थप्ने तयारी गरेको हो । सरकारले गएको वैशाख ४ गते विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो । अहिलेसम्म देशभरबाट झण्डै २४ हजार मिटरब्याज पीडितले उजुरी दिएका छन् । तीमध्ये एक हजार तीन सय ८५ वटा उजुरीमा मेलमिलाप भएको आयोगले जनाएको छ ।आयोगका अनुसार पीडितहरूले अहिलेसम्म साहुको नाममा पुगेका ३० कित्ता जग्गा समेत फिर्ता पाइसकेका छन् । मेलमिलापलाई नै प्राथमिकता दिएको र मिलाप हुन नसकेका गम्भीर प्रकृतिका घटनाका विषयमा मात्रै कारबाहीका लागि सिफारिस गरिने आयोगले जनाएको छ । आयोगले झन्डै साढे आठ बिघा जग्गा पीडितलाई फिर्ता गराएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार विभिन्न जिल्लामा गरेर आठ बिघा आठ कट्ठा नौ धुर जमिन फिर्ता गरिएको छ । उदयपुरमा तीन, सप्तरीमा दुई, सिराहामा आठ, महोत्तरीमा १४, सर्लाहीमा १७ र रौतहटमा एउटा मुद्दाको छिनोफोनो गरेर उक्त जग्गा फिर्ता गरिएको हो ।  एक हजार ४ सय ८५ निवेदनउपर छानबिन गरी मिलापत्र गरिएको छ ।  २०७९ चैत २६ गतेदेखि काम सुरु गरेको आयोगमा २४ हजार निवेदन परेका छन । मधेशका आठ जिल्लामा १८ हजार २१ र पश्चिम नवलपरासीमा एक हजार ८८९ गरी नौ जिल्लामा मात्र १९ हजार ९१० निवेदन परेका छन । सबैभन्दा बढी बारा जिल्लामा तीन हजार ३२२ निवेदन परेका छन ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *