Siddarth bankविज्ञापन
मुख्य समाचार

फिलिपिन्समा सरकार विरोधी प्रदर्शनको तयारी

फिलिपिन्समा सरकार विरोधी प्रदर्शनको तयारी

एजेन्सी । फिलिपिन्समा पनि सरकार विरोधी प्रदर्शनको तयारी गरिएको छ ।

आगामी आइतबार ठूलोे संख्यामा प्रदर्शनकारी सडकमा उत्रिने गरी तयारी भइरहेको जनाइएको छ । सरकारले लगानी गरेका बाढी नियन्त्रण परियोजनाहरूमा भएको भ्रष्टाचारविरुद्ध फिलिपिन्समा जनआक्रोश फैलिएको हो । त्यसका लागि ठुलो संख्यामा नागरिकलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको छ । 

अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ‘ट्रिलियन पेसो मार्च’ नाम दिइएको प्रदर्शनलाई ग्रीनपीसले सन् २०२३ मा जलवायु सम्बन्धित परियोजनाहरूबाट ४१७ दशमलव ६ बिलियन रकम हिनामिना भएको अनुमान गरेको आधारमा नामाकरण गरिएको हो । 

गत महिना बाढीले फिलिपिन्सका विभिन्न भागमा ठूलो क्षति हुँदा फोहोर पानी लगायतका कारणले ठूलो संख्यामा मानिस बिरामी भएका थिए । सरकारलाई विभिन्न शीर्षकमा कर तिर्दै आए पनि उक्त रकम बाढीबाट बचाउने भौतिक पूर्वाधार विकासमा किन खर्च गरिएन भन्ने प्रश्नलाई लिएर अहिले जनआक्रोश बढेको हो । 

आयोजकहरुले सामाजिक सञ्जालमा त्यहाँका नेताहरूलाई गोहीसँग तुलना गर्दै प्रदर्शन चर्काउने चेतावनी दिएका छन् । प्रदर्शनलाई मध्यनजर गरी फिलिपिन्समा सुरक्षा ब्यबस्था कडा तुल्याइएको समाचारमा उल्लेख छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *