Siddarth bankविज्ञापन
मुख्य समाचार

झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी सूरु

झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी सूरु

काठमाडौ । नेपालका ए डिभिजन क्लव सहित भारत, भूटानका टोलीको सहभागीता रहने अन्तरराष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी सूरु भइरहेको छ । यहि कात्तिक १५ देखि २२ गतेसम्म यहाँ हुने प्रतियोगिताको लागि खेलमैदान स्तरोन्नतीको कार्य तिब्रताका साथ भइरहेको छ । खेलमैदानको घाँस काट्ने, प्यारापिट सजाउने, रङ्गशालाको प्यारापिटमा ३०० जनालाई बस्न प्लास्टिकका कुर्सी जडान गर्ने कार्य भइरहेको छ । झापाको इतिहासमा पहिलोपटक शिवसताक्षी नगरपालिकामा नवनिर्मित दुधे रङ्गशालामा अन्तरराष्ट्रिय गोल्डकप प्रतियोगिता सञ्चालन हुन लागेको हो 
प्रतियोगिता सञ्चालनका लागि रु एक करोड खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी, एपिएफ, नेपाल पुलिस क्लब, अन्य तीन वटा ए–डिभिजन क्लब र भारत, भूटानलगायतका देशका टोलीहरू सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीलाई १० लाख र उपविजेतालाई रु पाँच लाख पुरस्कार रहेको छ । सर्वोत्कृष्ट खेलाडीलाई एक लाख ५० हजार, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्तालाई २५–२५ हजार प्रदान गरिने र ‘प्लेयर अफ द म्याच’ घोषित हुने खेलाडीलाई १५ हजार प्रदान गरिने छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *