समाज

पूर्वराजा शाहलाई माधव नेपालको चुनौतिः मुलुक सञ्चलन गर्ने भए जनताको मन जितेर आउनुस्

पूर्वराजा शाहलाई माधव नेपालको चुनौतिः मुलुक सञ्चलन गर्ने भए जनताको मन जितेर आउनुस्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै मुलुक सञ्चलन गर्ने चाहना भए जनताको मन जित्न आग्रह गरेका छन् । 

गणतन्त्र दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बिहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले  यस्तो आग्रह गरेका हुन्  । नेपालले गणतन्त्रको विकल्प भनेको समुन्नत गणतन्त्र रहेको भन्दै गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने जिकिर गरे ।

 अहिले राजतन्त्तको बारेमा कुरा उठिरहेको भन्दै वंशको शासन आफूहरुलाई नचाहिएको नेपालले बताए । अध्यक्ष नेपामलले मुलुक चलाउने भए चुनावको मैदानमा आएर प्रतिष्पर्धाबाट प्रधानमन्त्री बन्न पूर्व राजालाई चुनौति दिएका छन् । 

अध्यक्ष नेपालले आम जनताको चाहना बमोजिम नै यो परिवर्तन आएको दाबी गर्दै परिवर्तनलाई संस्थागत र सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको उल्लेख गरे । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *