समाज

पूर्व राजा शाहद्वारा नारायणहिटीस्थित नारायणधाम मन्दिरमा पूजाअर्चना

पूर्व राजा शाहद्वारा नारायणहिटीस्थित नारायणधाम मन्दिरमा पूजाअर्चना

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबारभित्र रहेको चतुव्र्यूह नारायणधाम मन्दिरमा पूजाअर्चना गरेका छन् ।  

पूर्वराजा शाह, पूर्वरानी कोमल, पूर्वअधिराजकुमारी प्रेरणा र पूर्व नवयुवराज हृदयेन्द्र शाहले शनिबार साँझ नारायणहिटी दरबार परिसरमा रहेको नारायणधाम मन्दिरमा पूजाआजा गरेका हुन् । 

यस मन्दिरमा राजपरिवारका सदस्यहरूले नियमित दर्शन तथा पूजाअर्चना गर्ने गरेका छन् । नारायणहिटी दरबार परिसरमा रहेको उक्त मन्दिर सर्वसाधरणका लागि पनि खुला छ । 

पूर्व नवयुवराज हृदयेन्द्र केही दिनअघि मात्रै अमेरिकाबाट नेपाल फर्किएका थिए । अमेरिकाको बोस्टनमा अध्ययनरत उनी बिदामा नेपाल आएको बताइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *