Siddarth bankविज्ञापन
मुख्य समाचार

प्रचण्डलाई चिनियाँ नेता लिउको समवेदना

प्रचण्डलाई चिनियाँ नेता लिउको समवेदना

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले पत्नी वियोगमा परेका प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति समवेदना प्रकट गरेको छ । 

सीपीसीका विदेश विभाग प्रमुख लिउ जियनचाउले वक्तब्य जारी गर्दै प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष दाहालकी पत्नी सीता दाहालको निधन भएकोमा गहिरो दुःख व्यक्त गदै प्रचण्डप्रति समवेदना व्यक्त गरेको हो । 

सीता दाहाल माओवादीकी महत्वपूर्ण नेतृ रहेको जनाउँदै लिउले प्रचण्ड दुईपटक चीन भ्रमणमा आउँदा सीतासंग भेटवार्ता भएको पनि स्मरण गरेकाछन् । 

आफनो देशको विकास र समृद्धिमा प्रतिबद्ध भएर लागिरहेकाबेला ठूलो दुःख परेको जनाउँदै लिउले सबै संकटको सामना गर्न सक्ने शक्ति प्राप्त हुने विश्वास गरेकाछन् । उनले दाहालप्रति चीनको साथ, समर्थन र विश्वास सदैव रहिरहने समेत जनाएका छन ।

No description available.

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *