समाज

पक्राउ पूर्जी जारी भएका सांसद प्रधानमन्त्रीसँगै बसेको भन्दै माओवादीले उठायो प्रश्न

पक्राउ पूर्जी जारी भएका सांसद प्रधानमन्त्रीसँगै बसेको भन्दै माओवादीले उठायो प्रश्न

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले लुम्बिनी प्रदेशका नेकपा (एमाले)का सांसद विष्णुप्रसाद पन्थीलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद बरालीले पक्राउ पूर्जी जारी भएका सांसद पन्थी प्रधानमन्त्रीसँग कुम जोडेर सार्वजनिक कार्यक्रममा बसिरहेको भएपनि पक्राउ नगरिएको भन्दै आपत्ति जनाएका हुन् । प्रदेश सांसद पन्थी सोमवार लुम्बिनीमा आयोजित बुद्ध जयन्ती समारोहमा  अतिथिको आसनमा सहभागी रहेका थिए ।

उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागि थिए । राजनीतिक पहुँचकै कारण सार्वजनिक कार्यक्रममा सहभागि हुँदा समेत प्रहरीले पक्राउ नगरेको भन्दै सांसद बरालीले सुशासनको कुन यो कस्तो नमूना हो ? भन्दै प्रश्न गरे ।

सांसद बरालीले सरकारले गभर्नर नियुक्तिमा समेत ढिलाई गरेको उल्लेख गर्दै आम नागरिकले हेरिरहेको उल्लेख गरे ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *