समाज

नीति तथा कार्यक्रममाथि प्रभु साहको टिप्पणीः ‘डाइबिटिजका बिरामीलाई मिठाई खुवाए जस्तो’

नीति तथा कार्यक्रममाथि प्रभु साहको टिप्पणीः ‘डाइबिटिजका बिरामीलाई मिठाई खुवाए जस्तो’

काठमाडौं । आम जनता पार्टीका सांसद प्रभु साहले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भ्रष्टाचारी र लुटतन्त्रलाई समर्थन गर्नेगरी आएको टिप्पणी गरेका छन् । 

प्रतिनिधि सभाको आईतवारको बैठकमा सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद साहले यस्तो टिप्पणी गरेका हुन् । सांसद साहले उक्त नीति र कार्यक्रम हेर्दा डाइबिटिजका बिरामीलाई मिठाई खुवाएको जस्तो अनुभव भएको टिप्पणी गरे ।

उनले विदेशमा नेपाली नागरिकले कमाएको पैसा भ्रष्टाचारीहरूको फाइदामा प्रयोग भइरहेको समेत आरोप लगाए । भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा थुपारेको सम्पती फिर्ता गर्नेगरी नीति तथा कार्यक्रम आउनुपर्नेमा ठिक उल्टो आएको आरोप समेत साहको छ ।

वैदेशिक रोजगारमा रहेका युवाहरुले आर्जन गरेको सम्पती समेत सदुपयोग हुने अवस्था निम्तिने गरी नीति तथा कार्यक्रम ल्याइएको भन्दै उनले बिरोध  विरोध गरे । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *