काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थ मन्त्री जनार्दन शर्माले बजेटमा केही नयाँ कुरा आएको भएपनि देशको समस्या समाधान गर्न नसक्ने बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बजेटमा केही नयाँ कुराहरु रहेको तर निर्यात भन्दा आयात १० गुणा गर्ने आजको अवस्थालाई समाधान गर्नेकुरा नरहेको बताए ।
उनले त्यसको समाधान गर्न निजी क्षेत्रहरुलाई साधन, श्रोत, उत्पादनहरुसँग जोडेर लगानी गर्नको लागि बजेटले कति काम गर्छ भन्ने प्रश्न रहेको बताए । बजेटमा उद्योगीहरुलाई किसान, श्रोत साधनसँग जोड्ने कार्यक्रम नभेटेको बताए । दुई ठूला राजनतिक दलहरुको शक्तिशाली सरकारको तुलनामा शक्तिशाली बजेट भने आउन नसकेको बताए ।
उपमहासचिव शर्माले बजेट यथार्थपरक छ भन्नसके पनि अन्तर्य हेर्दा कार्यान्वयनको चुनौति रहेको बताए । बजेट आज चाहिएको जस्तो नभएको जिकिर गरे । अर्थतन्त्रको विस्तार, समृद्धिका लक्ष्यहरु पूरा गर्न बजेटले नसक्ने बताए ।