समाज

निजामती सेवा दिवसको अवसरमा हुलाक टिकट प्रदर्शनीको आयोजना

निजामती सेवा दिवसको अवसरमा हुलाक टिकट प्रदर्शनीको आयोजना

काठमाडौं । निजामती सेवा दिवस २०८२ को अवसरमा हुलाक सेवा विभागले हुलाक टिकट प्रदर्शनीको आयोजना गरेको छ ।

हुलाक सेवा विभागले नेपाल फिलाटेलिक सोसाइटीसँगको सहकार्यमा एक दिने हुलाक टिकट प्रदर्शनीको आयोजना गरेको हो । हुलाक टिकट प्रदर्शनीको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले निजामती कर्मचारीहरूले सेवाभाव मार्फत आफ्नो पदको छवि उच्च बनाउनुपर्ने बताइन् । 

हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले हुलाक टिकट चिठीको ऐतिहासिक महत्व रहेकाले यसलाई कायमै राखिने बताइन् ।  
 
प्रदर्शनीमा वनस्पति र जनावरसम्बन्धी, राष्ट्रको नक्सा, हिमाल र राष्ट्रिय सम्पदासम्बन्धी, ऐतिहासिक मन्दिर र स्मारक, विशिष्ट व्यक्तित्वका योगदानका टिकट आदि राखिएको थियो ।। 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *