मुख्य समाचार

सुन्धारा र नख्खु कारागारबाट भागेका कैदी खोज्दै प्रहरी

सुन्धारा र नख्खु कारागारबाट भागेका कैदी खोज्दै प्रहरी

काठमाडौ । केन्द्रीय कारागार सुन्धारा र नख्खु कारागारबाट भागेका कैदीलाई प्रहरीले खोज्न थालेको छ । जेनजीको प्रदर्शनका क्रममा देशभर आगजनी र तोडफोड हुन थालेपछि सुन्धारा र नख्खु कारागारबाट कैदीबन्दी भागेका थिए । सुन्धारा र नख्खु कारागारसँगै अन्य जिल्लाका कारागारबाट भागेका कैदीको पनि खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । सुन्धारा कारागारबाट टोपबहादुर रायमाझी, बेचन झासहित तीन हजार कैदी कारागारबाट बाहिरिएका थिए । नख्खु कारागारबाट रवि लामिछाने लगायत निस्किएका थिए । कारागारको गेटमा आएर प्रदर्शनकारीले प्रदर्शन गर्दै गेट खोलिदिएपछि सबै कैदी बाहिरिएका थिए । कारागारबाट निस्केका कैदीहरुलाई आफै सम्पर्कमा आउन आग्रह पनि गरेको छ ।
यसैबीच, प्रहरी प्रधान कार्यालयले जेल तथा सुधार गृहबाट भागेका÷निस्किएका कैदीबन्दीलाई फर्किन अपिल गरेको छ । बिहीबार दिउँसो विज्ञप्ति जारी गरी प्रहरीले भागेका कैदीबन्दीलाई प्रहरी÷प्रशासनसँग सम्पर्कमा आउन आह्वान गरेको हो । कारागारबाट भागेका कैदीबन्दी मध्ये १४५५ जनालाई सेना, प्रहरी र सशस्त्र प्रहरीले देशका विभिन्न भागबाट पक्राउ गरेको छ ।  जेन–जीको प्रदर्शनपश्चात मंगलबार र बुधबार गरी देशका विभिन्न कारागारमा रहेका १३ हजारभन्दा बढी कैदीबन्दी भागेका थिए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *