समाज

२५ प्रतिशतसम्म विदेशमा लगानी गर्न अनुमति

२५ प्रतिशतसम्म विदेशमा लगानी गर्न अनुमति

काठमाडौं । सरकारले विदेशमा नेपालीलाई लगानीका लागि बाटो खोल्ने भएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  आगामी वर्षको बजेट प्रस्तुत गर्दै  व्यवसायी÷लगानीकर्तालाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने बताएका हुन् । पौडेलका अनुसार विदेशमा लगानी गर्न अनुमति भने नेपाल लगानी बोर्डले दिनेछ ।

बजेटमा सरकारले औद्योगिक क्षेत्रको भाडा ५० प्रतिशतले घटाउने घोषणा गरिएको  छ । खानीजन्य वस्तुहरुको उत्खननदेखि निकासीसम्मको व्यवस्था मिलाइनेछ । 

बजेटमा स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा दिने कार्यक्रम राखिएको छ । जसका लागि ७३ करोड बजेट छुट्टाइएको छ । कर्जा तथा निक्षेप सुरक्षणमार्फत सहकारीका ५ लाखसम्मका बचतकर्ताको बचतको सुरक्षण गरिनेछ ।आगामी वर्ष १ सय स्थानीय तहमा भूमि बैंक, वैकल्पिक वित्त कोष परिचालन गरी निजगढ बनाइने अर्थमन्त्री पौडेलले बताए । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *