काठमाडौं । प्रधानमन्त्री केपी ओलीले तराईमा सिँचाइको स्थायी समाधान खोज्न सरकार दृढ रहेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले आगामी वर्षदेखि आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने सरकारको सङ्कल्प रहेको बताएका हुन।
मधेश प्रदेशका आठ जिल्लामा ७६ दशमलव ५४ प्रतिशत रोपाइँ भएकोमा खुसी व्यक्त गर्दै उनले तराईमा सिँचाइको स्थायी समाधान खोजिने बताएका हुन्।
वर्षासँगै सुक्खाले संकटग्रस्त मधेश प्रदेशमा रोपाइँ सुरु भएको भन्दै प्रधानमन्त्री ओलीले किसानको मुस्कान, जमिनमा हरियालीको सुगन्ध र समाजको खाद्यान्न भविष्यलाई देशको र वर्तमान सरकारको लक्ष्य भएको उल्लेख गरेका छन्।
सिचाइ समस्या समाधानका लागि सरकारले पाँच सय वटा डिपबोरिङ जडानको काम सुरु गरेको समेत प्रधानमन्त्री ओलीको भनदाइ छ ।
दीर्घकालीन समाधानका लागि सुनकोशी–मरिन डाइभर्सनको काम अघि बढाइरहेको उनको भनाइ छ ।