काठमाडौ । पाटनको प्रसिद्ध कात्तिक नाच सुरु भएको छ । पाटन दरवार क्षेत्रमा अवस्थित कात्तिक डबलिमा कार्तिक नाच सोमबारदेखि सुरु भएको हो । कात्तिक नाचमा १९ गते कार्तिक पुर्णिमासम्म दैनिक रुपमा भगवान विष्णुको १७ वटा कथामा आधारित विभिन्न लीला देखाइनेछ । पहिलो दिन सोमबार साँझ भगवान विष्णुमा आधारित भक्त सुरदास लीला देखाइएको छ ।
कार्तिक १५ गते मधु–कैटव वध, १६ गते बराह अवतारबाट हिरण्याक्ष वध प्रदर्शन गरिनेछ । अन्तिम दिन १९ गते दधि लीला अन्तर्गत धौ ग्वःप तछ्याइगु नाच देखाइ कात्तिक नाच समापन हुनेछ । यो नाच सिद्धिनरसिंह मल्लले नेपाल सम्वतमा देश र जनताको कल्याणको लागि ३ सय ८४ बर्ष अघि सुरु गरेका थिए । यो कात्तिक नाच संसारकै लामो अवधिको नाट्य महोत्सवको रुपमा चिनिन्छ । पहिले २७ दिनसम्म देखाइने कात्तिक नाच आर्थिक साथै विभिन्न कारणले यो १० दिनमा छोटाइएको छ।