समाज

खोटाङको साप्सुधाप प्रचार प्रसारको अभावले ओझेलमा

खोटाङको साप्सुधाप प्रचार प्रसारको अभावले ओझेलमा

खोटाङ । धार्मिक पर्यटकीय स्थल खोटाङको साप्सुधाप प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । 

पूर्वको प्रसिद्ध धार्मिक स्थलको रुपमा रहेको यो स्थान प्रचार प्रसारको अभावमा ओझेलमा परेको हो । प्रसिद्ध साप्सु खोलाको शिरमा रहेको यो स्थानमा विभिन्न समयमा मेलासमेत लाग्ने गरेको छ । 

स्थानीय सरकारले यहाँको विकासका लागि मन्दिर निर्माण, घेराबारा तथा आवत जावतको लागि बाटोसमेत विस्तार गरेको छ । यसलाई अझ प्रचार गर्न सके पूर्वको एक प्रसिद्ध स्थानको रुपमा स्थापित हुने स्थानीयको भनाइ छ । 

भोजपुरको चखेवा भञ्याङबाट करिव १० किलोमिटर टाडा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पर्ने यो स्थानमा दर्शन गरे चिताएको पुग्ने स्थानीयको भनाइ छ । 

आफ्नो भाकल पुरा गर्नको लागि भोजपुर, खोटाङ, धनकुटा, सोलुखुम्बु, विराटनगर, काठमाडाै‌ लगाएत ठाउँबाट मानिसहरु यहाँ पुग्ने गरेका छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *