Siddarth bankविज्ञापन
मुख्य समाचार

त्रिभुवन विमानस्थलका सबै कर्मचारीको छानविन हुने

त्रिभुवन विमानस्थलका सबै कर्मचारीको छानविन हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको एक अर्ब रुपैयाँ बढीको सुन बरामद प्रकरणमा भन्सार विभागले सबै कर्मचारीलाई छानबिन गर्ने भएको छ । सुन तस्करीसँग जोडिएको गिरोह र अवैध तस्करी गर्नेबाट प्रेरित भएर भन्सार पास गराइएको हुनसक्ने भन्दै छानबिन गरिन लागिएको हो । प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको विभागले जनाएको छ । राजश्व अनुसन्धान विभागले मंगलबार र बुधबार मात्रै दुई दिन लगाएर हङकङबाट भित्रिएको करिब एक क्वीन्टल सुन बरामद गरेको थियो । त्यसमा भन्सार कर्मचारी मिलेको देखिएको छ । विमानस्थलको कमजोर सुरक्षा प्रणाली र कर्मचारीहरूको मिलेमतो नभइ सो सुन भित्रिन सम्भव नभएको विभागको ठहर छ । यसैविच त्रिभुवन विमानस्थल बाहिरबाट राजस्व अनुसन्धान विभागले समाएको सुनको सुराकी दिनेले १० करोड रुपैयाँ पाउने भएका छन् । एक अर्बभन्दा बढी मूल्यको सुन भएको प्रारम्भिक अनुमान अनुसार सुराकी दिनेले सो रकम पाउने देखिएको हो । पहिले सुराकी दिनेलाई १० लाख रुपैयाँ कमिसन दिने नियम थियो । तर चालु आर्थिक वर्षको बजेटबाट त्यो व्यवस्थालाई संशोधन गरेर पक्राउ परेको सामानको १० प्रतिशत पाउने व्यवस्था गरिएको छ । त्यसो हुँदा सुराकीले करिब १० करोड रुपैयाँ पाउने सम्भावना रहेको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *