एजेन्सी । ग्रीसको क्रेट टापुमा लागेको डढेलो नियन्त्रण बाहिर गएपछी सयौंलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
ग्रीसको इएरापेत्रा नगरपालिका नजिकको पहाडी वन क्षेत्रमा शुरु भएको डढेलो फैलिएर बस्तीमा समेत प्रवेश गरेपछी स्थानीयहरुलाई सुरक्षित स्थानतर्फ सारिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त डढेलोले निजी घर, पर्यटकिय आवास र इन्धन स्टेसन लगाएतका महत्वपूर्ण पूर्वाधारहरूलाई समेत जोखिममा पारेको बुझिएको छ । प्रति घण्टा ६ किलोमिटर बढी फैलिएको डढेलो नियन्त्रणका लागि सयौ अग्नी नियन्त्रकहरु परिचालन गरिएको छ ।
डढेलोबाट निस्किएको धुवाँ १० किलोमिटर टाढा माक्री ग्यालोस समुद्रकिनार सम्म फैलिएको र यो अझै फैलन क्रम रहेको भन्दै टापु नजिकका बासिन्दालाई सचेत तुल्याइएको छ । डढेलोका कारण अगिया फोटिया बस्ती नजिकको मुख्य सडक बन्द गरिएको छ ।
प्रहरीहरूले स्थानीय बासिन्दा र पर्यटकहरूलाई अत्यधिक तापक्रम, अस्वस्थ धुवाँ र खरानीका कारण अनावश्यक यात्रा नगर्न आग्रह गरेको समाचारमा उल्लेख गरिएको छ ।